भानुमा कानुनी सचेतना कार्यक्रम सम्पन्न

भानुमा कानुनी सचेतना कार्यक्रम सम्पन्न

राजेश कार्की
अभियोगमा सुधार र व्यायवसायिकता बिकास” भन्ने नाराका साथ महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौंको आयोजनामा तनहुँको भानु नगरपालिकामा समुदायमा सरकारी वकिल एवम कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

सरकारी वकिल तथा कार्यालयको परिचय,काम कार्बाही बारे जानकारी दिने,अपराधको सुचना दिने,सरकारवादी मुद्दाको अनुसन्धान, अभियोजन र न्याय सम्पादनसम्बन्धी प्रक्रियामा प्रहरी, सरकारी वकील, अदालत तथा बारको भूमिकाको बारेमा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला न्यायाधिवक्ता खेम प्रसाद पाठकले बताए। कार्यक्रममा समुदाय र सरकारी वकील वीचको फौजदारी कसुर सम्बन्धि मुद्धाको विषयमा के कसरी सम्बन्ध कायम गर्ने, समुदायले सरकारी वकीलबाट के कस्तो अपेक्षा गर्ने, समुदायबाट सरकारी वकीलले के कस्तो अपेक्षा राख्ने विषयमा जानकारी गराईएको थियो।

कार्यक्रममा भानु नगरपालिकाका जनप्रतिनिधि ,सुरक्षा निकायका प्रमुख, भानु नगर न्यायिक समिति,मेलमिलाप कर्ता ,स्थानिय आमा समुह,युवा क्लबहरुको सहभागीता रहेको थियो।
भानु नगर उप-प्रमुख उमा गोतामेकाे अध्यक्षतामा भएको कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page