राजा ल्याउछु भन्ने राप्रपाकाे जनमत एउटा स्ववियुमा खुम्चियाे – काङ्ग्रेस महामन्त्री शर्मा

राजा ल्याउछु भन्ने राप्रपाकाे जनमत एउटा स्ववियुमा खुम्चियाे – काङ्ग्रेस महामन्त्री शर्मा

नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजा ल्याउने भन्ने राप्रपाकाे विद्यार्थी संगठनले देशभरिका स्ववियुमा झापाको एउटा कलेजमा मात्रै जितेको बताएका छन् । एउटा राजालाई गद्दीमा ल्याएर समस्याकाे हल हुन्छ भन्ने सपना नदेखाैं , राजा चाहिन्छ भन्ने राप्रपाकाे बिद्यार्थीहरूले जम्मा एउटा स्ववियुमा जितेका छन् -त्यसले पनि उनिहरूकाे जनमत कति छ भन्ने प्रस्ट हुन्छ काङ्ग्रेस महामन्त्री शर्माले भने ।

हिजोको काङ्ग्रेस भन्दा आजकाे काङ्ग्रेस बदलिएको उर्जाशिल पार्टी भएको भन्दै उनलेे नविनतामा निरन्तरता हुनुपर्ने बताए । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नंबर २ तनहुँ द्वारा आयोजना गरिएको दोस्रो क्षेत्रीय सम्मेलनकाे सिलसिलामा तनहुँ आएका शर्माले पार्टी कार्यालयमा आयाेजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा साे कुरा बताएका हुन् । पहिलो भएको काङ्ग्रेस , दाेस्राे भएको एमाले र तेस्रो भएको माओवादी सबै गणतन्त्रकाे पक्षमा हुँदाहुँदै केही व्यक्तिहरूले हल्लाखल्ला गर्दैमा व्यवस्था परिवर्तन हुन नसक्ने उनलेे बताए ।
महामन्त्री शर्माले एउटा काङ्ग्रेसले अर्को काङ्ग्रेसलाई माया गरेन भने , एउटा काङ्ग्रेसले अर्को काङ्ग्रेसलाई हात दिएन भने , एउटा काङ्ग्रेसले अर्को काङ्ग्रेसलाई साथ दिएन भने जनताले काङ्ग्रेसलाई माया नगर्ने बताए ।
कतिपय नेताले चुनावको बारेमा धेरै थरि टिकाटिप्पढी गरेको भन्दै उनलेे ०८४ काे निर्वाचन अगाडि पार्टीको महाधिवेशन हुने बताए ।

उनलेे नयाँ पार्टीका नेताको पनि हविगत देखिएको भन्दै व्यवस्था परिवर्तन यानेकी राजा ल्याउने भन्ने आन्दाेलनकाे सन्दर्भकाे प्रस्नमा रास्वपा सभापति रवि लामिछानेले अहिले बाेल्ने बेला भछैन भनेर चुप बस्नुले उनको हैसियत प्रस्ट गरेको बताए । दलको नेता ले त स्पस्ट भन्न सक्नपर्याेनी पार्टीको धारणा केहाे भनेर , तर त्यस्तो नभएको शर्माको भनाइ छ ।
नेपाली काङ्ग्रेस तनहुँका सभापति जितप्रकाश आले सहितका जिल्लाका नेताहरूले तनहुँ आएका महामन्त्री शर्मालाई स्वागत गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page