राजा फर्काउने आन्दाेलनका प्रदर्शनकारीले व्यक्तिकाे घरमा आगाे लगाए
राजा फर्काउने आन्दोलनका प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिकाे घरमा आगाे लगाएका छन् । उनिहरूले निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका बताइएको छ ।

तीनकुनेको रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया भएका छन् ।

प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् । उक्त घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका हुन् ।
























