आर्थिक अभावले उपचार गर्न नसकेकी भुजेललाइ निर्मल मावि २०४५ एसएलसी समुहको सहयोग
तनहुँको व्यास नगरपालिका वडा नं १२ लामीडाँडा निवासी ४४ बर्षीय प्रेममाया भुजेलको उपचारका लागि निर्मल माध्यमिक विद्यालय २०४५ एसएलसी समूहले आर्थिक सहयोग गरेको छ । भुजेलको फियोमा पानी जमेर उपचार हुनबाट बञ्चित हुनुपरेको पिडादायी खबर सुनेपछि २०४५ एसएलसी समुहले स्वस्फूर्त रूपमा रकम संकलन गरेर रू ५ हजार ५ रूपया सहयोग गरेको उक्त समुहका अध्यक्ष त्रिभुवन श्रेष्ठले बताए ।

फियोमा पानी जमेपछि अप्रेशनका लागि एक लाख धरौटी राख्नुपर्ने चिकित्सकहरुले बताएको र उक्त रकम नहुँदा बिरामी अलपत्र परेको पिडित परिवारबाट सुनेपछि थाेरै भए पनि सहयोग गराैँ र दुखमा साथ दिउँ भनेर साथीहरू बाट रकम संकलन गरेर सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए । उक्त एसएलसी समुहले यस अगाडि पनि विभिन्न समयमा विभिन्न अफ्ट्यारोमा परेका बिरामीहरूलाइ सहयोग पुर्याउँदै आएकाे छ ।

























