नमस्ते देउराली कप भलिबलकाे उपाधी शुक्लागण्डकीलाइ

नमस्ते देउराली कप भलिबलकाे उपाधी शुक्लागण्डकीलाइ

दाेस्राे नमस्ते देउराली युथ क्लव व्यास ३ काे आयाेजनामा दमाैलीमा भएको भलिबल प्रतियोगिताकाे उपाधि शुक्लागण्डकीले हात पारेको छ । प्रतियोगिताकाे आइतबार भएको फाइनलमा लगातार तीन सेटले ऋषिङ्ग ६ लाइ जिती शुक्ला १२ ले उपाधि हात पारेको हाे । आइतबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेल दुबै क्लवले दुई दुई सेट जितेको अवस्थामा अन्तिम पाचौं सेट खेल्न अधेराे भएको भन्दै स्थगित भएपछि खेल साेमबार खेलाइएको थियो । खेल स्थगित गरि साेमबार खेल्दा त्यसको फाइदा शुक्लागण्डकीले लियो ।

बिजयी हुने टिमले ५५ हजार नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । प्रतियोगितामा २४ टिमकाे सहभागीता रहेको थियो । प्रतियोगितामा द्भितीय भएको ऋषिङ्गले २७ हजार तथा तृतीय भएको ऋषिङ्ग राम्जाकाेटले १५ हजार नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै
भिमादले अनुशासन टिमकाे पुरस्कार पाएकाे छ । बिजयी टिमलाई जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page