वेपत्ता नेपाली तीन दिन पछि मृत भेटिए
तीन दिन अघि देखि सम्पर्क बिहीन तनहुँका एक व्यक्ति मृत भेटिएका छन् । बन्दीपुर गाउँपालिका–३ सेराटार बस्ने वर्ष ५६ को मङ्गले नेपाली सोमबार दिउँसो मृत भेटिएको हो ।
कसैलाई केही नभनि सम्पर्क बिहिन भएकोमा नेपाल प्रहरी र स्थानीयहरुले खोजतलास गर्ने क्रममा सोही वडाको खुदी खोलाको तानेको रहमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । निजले प्रयोग गर्ने गरेको कपडा र चप्पल भेटि उक्त स्थानमा खोजतलास गर्ने क्रममा खुदी खोलाको तानेको रहमा तैरिएको अबस्थामा शव भेटिएको उहाँले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय बन्दीपुरबाट प्रहरी निरक्षक तिलक बहादुर बमको कमाण्डमा पाँच जनाको प्रहरी टोली खटीई गई घटनास्थल लाश जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव परीक्षण पश्चात मृतकको आफन्तको जिम्मा लगाएको थापाले बताउनुभयो । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाली जेठ ३१ गते देखि हराउनु भएको थियो ।

























