दाउरा प्रहार गरी देवघाटका पाैडेललाइ हत्या गर्ने २ जना प्रकाउ

दाउरा प्रहार गरी देवघाटका पाैडेललाइ हत्या गर्ने २ जना प्रकाउ


तनहुँकाे देवघाट गाउँपालिका वडा नं. ५ बद्रिमुक्ती टोल बस्ने वर्ष ३२ का प्रकाश पौडेलकाे हत्यामा संलग्न दुईजना लाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । घर देखि अं. ३०० मिटरको दुरीमा रहेको कच्ची सडकमा पाैडेल लडिरहेको अवस्थामा स्थानीयहरुले देखि तत्काल उपचारको लागि भरतपुर सरकारी अस्तपाल चितवन लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटनाको बारेमा जानकारी प्राप्‍त हुनासाथ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको टोलीले घट्नाको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गर्दा निज प्रकाश पौडेल अन्य दुई जना सँग बसी मादक पदार्थ (रक्सी) सेवन गरी झै-झगडा हुँदा कुटपिटको कारण निज प्रकाश पौडेलको मृत्यु भएको खुल्न आएको थियो ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार कुटपिटमा संलग्न फरार व्यक्तिहरुको खोजतलास गरी घटनामा संलग्न २ (दुई) जना व्यक्तिहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको छ ।
प्रकाउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ३ हटिया घर भई हाल जि. तनहुँ देवघाट गाउँपालिका वडा नं. ५ स्थितमा ज्याला मजदुरी गरी बस्ने वर्ष ४२ को राम लामा र पाल्पा तानसेन नगरपालिका वडा नं. ८ नयाँपाटी घर भई हाल जि. तनहुँ देवघाट गाउँपालिका वडा नं. ५ स्थितमा ज्याला मजदुरी गरी बस्ने वर्ष २८ को बुद्ध सारु मगर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page