घिरिङ्गका १९ वर्षीय सुजन ५ दिनदेखि बेखबर
जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं २ निवासी १९ बर्षीय सुजन रुचाल पाँच दिनदेखि बेखबर रहेका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं ७ टुंडाबाट परिवार र आफन्तको सम्पर्क बिहीन भएका उनको पाँच दिन हुँदापनी केही अत्तोपत्तो छैन ।

देख्नुहुने महानुभावहरुले इलाका प्रहरी कार्यालय बेलचौतारामा वा आफन्तजन समक्ष सम्पर्क गराइदिनुहुन परिवारजनले हार्दिक अनुरोध गरेका छन्

























