चण्डिदेवीका एसइईमा उत्तीर्ण बिद्यार्थीहरूलाइ बिद्यालयकाे सम्मान

चण्डिदेवीका एसइईमा उत्तीर्ण बिद्यार्थीहरूलाइ बिद्यालयकाे सम्मान

तनहुँको व्यास–१०, बैरेनी, स्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीहरूलाइ सम्मान तथा बधाई कार्यक्रम गरेको छ । विद्यालयबाट परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये सर्वोच्च जीपीए ३.५९ ल्याउने लगायत अन्य उत्तीर्ण बिद्यार्थीहरूलाइ उज्ज्वल भविस्यकाे कामना सहित सम्मान गरिएको हाे।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेल (आरसी) ले विद्यार्थी, शिक्षक र अभिभावक बीचको सहकार्य, नियमित श्रम, अनुशासन र गुणस्तरीय शिक्षण पद्धतिको फलस्वरूप एसइईमा उत्कृष्ट नतिजा आएको बताउँदै आगामी दिनमा अझै उत्कृष्टता हासिल गर्न निरन्तर प्रयास गरिने बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page