बन्दीपुर केबलकारले साउन ६ गतेदेखि सर्वसाधारणका लागि ५८ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने

बन्दीपुर केबलकारले साउन ६ गतेदेखि सर्वसाधारणका लागि ५८ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने

बन्दीपुर केबलकार लिमिटेडले साउन ६ गतेदेखि सर्वसाधारणका लागि ५८ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ। कुल २० लाख १६ हजार कित्ता सेयरमध्ये १ लाख ६ हजार कित्ता आयोजना प्रभावित तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका क्षेत्रका बासिन्दाका लागि, १ लाख कित्ता सामूहिक लगानी कोषका लागि, र बाँकी १८ लाख १० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।

शेयरको मूल्य दर १०० रुपैयाँ कायम गरिएको छ। आईपीओमा आवेदन दिन चाहनेले न्यूनतम १० कित्तादेखि अधिकतम २०,००० कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले आयोजना निर्माण अवधि ब्याजसहित कुल लागत ३ अर्व ८५ करोड ५० लाख रुपैयाँ रहेको र सेयर पूँजीको वापत अवधि सामान्य अवस्थामा १२ वर्ष र छुटमा १० वर्ष रहने उल्लेख गरेको छ।

यो आईपीओमा विदेशमा कार्यरत नेपालीहरूले समेत आवेदन दिन सक्नेछन्। आवेदन बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page