शिक्षक महासङ्घ तनहुँद्वारा शिक्षा तथा समन्वय एकाइ प्रमुखलाई स्वागत

शिक्षक महासङ्घ तनहुँद्वारा शिक्षा तथा समन्वय एकाइ प्रमुखलाई स्वागत


नेपाल शिक्षक महासङ्घ तनहुले भर्खरै मात्रै सरुवा भई तनहु जिल्लामा कार्यभार सम्हाल्नु भएका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण प्रसाद श्रेष्ठलाई स्वागत गरेको छ । शिक्षा समन्वय इकाइको कार्यालयमा आयाेजित कार्यक्रममा प्रमुख श्रेष्ठलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको हाे ।

शिक्षक महासङ्घ तनहुँका अध्यक्ष चन्द्रमणि कोइरालाको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा शिक्षा विकास समन्वय इकाई प्रमुख कृष्णप्रसाद श्रेष्ठ, शाखा अधिकृत भरत बराल, शिक्षा शाखा भिमादका उपसचिव सन्दिप पौडेल, त्यसैगरी शिक्षा शाखा बन्दीपुरका अधिकृत भीमप्रसाद लामिछाने, शिक्षा शाखा आबुका शाखा अधिकृत निर्मला कुँवर, देवघाटका शाखा अधिकृत होमनाथ लामिछाने तथा शुक्ला गण्डकी नगरपालिकाका शिक्षा शाखा अधिकृत सुशील नरालकाे उपस्थिति रहेको थियो।
शिक्षक महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष रामचन्द्र पोखरेल आरसीले स्वागत मन्तव्य एवं विषय प्रवेश गर्नुभएको सो कार्यक्रममा सहभागी महासङ्घ तथा सङ्घ संगठनका प्रतिनिधिहरूले समन्वय इकाइ प्रमुखलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै शिक्षा समन्वय एकाइले गुणस्तरीय शिक्षा प्रदान गर्न सम्पूर्ण पालिकाहरूको अभिभावकत्व ग्रहण गर्दै शिक्षक तथा कर्मचारीहरूका हक अधिकारका कुराहरुलाई कार्यान्वयन गर्न समन्वयकारी भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा मन्तव्य राख्नुहुँदै इकाई प्रमुख कृष्णप्रसाद श्रेष्ठले सबै शिक्षकका सङ्घ, संगठन तथा महासङ्घको सहयोगमा तनहुँ जिल्लामा गुणस्तरीय शिक्षा प्रदान गर्न सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने एवं शिक्षकहरूका हक तथा अधिकार लाई सुनिश्चित गर्दै समन्वयकारी भूमिका निर्वाह गर्ने र सबैसँग समन्वय गर्दै आफ्ना कार्यक्रमहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसको लागि सबैको सहयोगको अपेक्षा राखेको श्रेष्ठले बताए ।


कार्यक्रममा महासंघ तनहुँका अध्यक्ष चन्द्रमणि कोइरालाले तनहुँका अधिकांश पालिकाहरूमा महासंघ गठन भइसकेको हुँदा पालिका शिक्षा शाखाहरूले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दा महासंघसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न समेत अनुरोध गर्दै इकाई प्रमुखको सफल कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा शिक्षक महासंघका उपाध्यक्ष राजेन्द्र भण्डारी,शिक्षक संघ तनहुँका उपाध्यक्ष अशोकचन्द्र वाग्ले,लक्ष्मी मल्ल ,शिक्षक संघका सचिव नरेन्द्र न्यौपाने ,अखिल नेपाल शिक्षक संगठन तनहुँका अध्यक्ष हेमलाल घिमिरे, शिक्षक संघ व्यास नगरपालिकाका अध्यक्ष इन्द्रप्रसाद पौडेल,महासंघ भानुका अध्यक्ष उपेन्द्र बिष्ट ,शुक्लाका अध्यक्ष बिमल सिग्देल, म्याग्देका अध्यक्ष हरिश्चन्द्र घिमिरे, आबुका अध्यक्ष लक्ष्मण सिङ्खडा,तथा प्रधानाध्यापकहरू गणेशचन्द्र बस्नेत, राजेन्द्र खनाल ,पिताम्बर सिग्देल एवं अखिल नेपाल शिक्षक संगठन तनहुँका सचिव शिव बराली लगायतले शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रम शिक्षक महासङ्घ तनहुँका सहसचिव रामदत्त पौडेलले सञ्चालन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page