प्राध्यापक बने तनहुँका अधिकारी

तनहुँको म्याग्दे गाउँपालिकाका–४ छाङ, पिपलटार निवासी डा. निर्मलमणि अधिकारी प्राध्यापक बनेका छन् । काठमाडौं विश्व विद्यालयले प्राध्यापक पदमा डा. अधिकारीलाई स्थायी नियुक्ती गरेको हो ।
काठमाडौं विश्वविद्यालयको भाषा तथा आम सञ्चार विभागको प्रमुख डा.अधिकारी यस अघि सहप्राध्यापक थिए। प्रतिस्पर्धामा उनले उच्च अंक ७६.४६ प्राप्त गरि पहिलो नम्बरमा प्राध्यापकमा नाम निकाल्न सफल भएका हुन् । यस्तै ललितपुर १४ का नवेन्द्र लिम्बु उपप्राध्यापक बनेका छन् । लिम्बुले ६०.०७ अंक पाएका छन् । काठमाडौं विश्वविद्यालयका रजिष्टार प्रा.डा. राजिव श्रेष्ठद्धारा जारी विज्ञप्तिमा काठमाडौं विश्व विद्यालयको विभिन्न पदहरुमा खुला प्रतियोगिताद्धारा स्थायी पदपूर्ति गर्न गत असोज २२ गते प्रकाशित विज्ञापन अनुसार छनोट समितिले आवश्यक छनोट प्रक्रिया पुरा गरी उम्मेदवारहरुको अन्तर्वाता लिई छनोट गरिएको जनाईएको छ । छनोट समितिको सिफारिसमा कार्यकारी परिषदको शनिबार बसेको बैठकले प्राध्यापकमा स्थायी नियुत्ती गर्ने निर्णय गरेको उल्लेख छ ।

डा. अधिकारी विश्व विख्यात सञ्चार सिद्धान्तकार हुन् । जसको सञ्चार सिद्धान्त संसारका २६ भन्दा बढी मुलुक र एक सय भन्दा बढी युनिभर्सिटीमा पढाइ हुन्छ । अधिकारी पूर्विय दर्शनका चर्चित विद्वान् समेत हुन् । उनका ६५ वटा कृति प्रकाशित भईसकेका छन् । उनले लेखेको आस्थाको शान्ति युद्ध विश्वको पाँचौ उत्कृष्ट पुस्तक बन्न सफल भएको थियो ।


























