झुलबहादुर आले स्मृति प्रतिष्ठान द्वारा आदिकवि भानुभक्तका बिद्यार्थीलाई पुस्तक वितरण

झुलबहादुर आले स्मृति प्रतिष्ठान द्वारा आदिकवि भानुभक्तका बिद्यार्थीलाई पुस्तक वितरण

संविधानसभा सदस्य झुलबहादुर आले स्मृति प्रतिष्ठानले आदिकवि भानुभक्त क्याम्पसको छात्राबासमा बसि अध्ययन गर्ने बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्याम्पसमा अध्यनरत कक्षा-११ का योजना थापा, बीबीए दोश्रो बर्षमा अध्ययनरत स्वस्तिका आचार्य, कक्षा-१२ बिज्ञान बिषय अध्ययनरत अर्पणा पन्थ र बीएड दोश्रो बिज्ञान समुहमा अध्ययनरत सलिना मझकोटिलाई पुस्तक हस्तान्तरण गरिएको हाे । आदिकवि भानुभक्त क्याम्पसका स्ववियु सभापति अनुप आलेको समन्वयमा झुल बहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमल बहादुर आलेले शैक्षिक सामग्री वितरण गरेका हुन् ।

यस अगाडि प्रतिस्ठानले ऋषिङ गाउँपालिका- ७ का चार दुखी असहाय तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको थियो । आर्थिक रुपमा विपन्न त्यहाँका चार परिवारलाई प्रतिष्ठानले चिसोबाट बच्न कम्बल वितरण गरेको थियो ।
सामाजिक काम गर्ने उद्धेश्य सहित स्थापित प्रतिष्ठानले पटकपटक विभिन्न किसिमका सहयोग गर्दै आएकाे छ । प्रतिष्ठानले वडा भित्रका विपन्न परिवार छनोट गरी सहयोग गर्दै आएकाे प्रतिस्ठानका अध्यक्ष आलेले बताए । आलेका अनुसार प्रतिष्ठानले केहि अघि दुई परिवारलाई विद्युतीय चुलो समेत हस्तान्तरण गरेको थियो । प्रतिष्ठानले दुवै परिवारको एक वर्षसम्मको विद्युत र खानेपानीको महशुल समेत तिरिदिने बताएको छ ।
नेपाली का‌ङ्ग्रेसका नेता स्वर्गीय आलेको योगदानलाई चीरस्थायी बनाउन छाेरा कमलबहादुर आलेको अध्यक्षतामा झुलबहादुर आले स्मृति प्रतिष्ठान गठन गरिए पछि प्रतिष्ठानले सो वडाका वृद्धवृद्धालाई सहयोग गर्नका लागि रु दश लाखको अक्षयकोष स्थापना गरेको थियो । अक्षयकोषबाट प्राप्त हुने व्याजबाट वार्षिक रुपमा असहाय, विपन्न वृद्धवृद्धालाई सहयोग गरिने प्रतिष्ठानले जनाएको छ ।

विक्रम संवत २००७ साल माघ १२ गते ऋषिङ- ७ घिरिङ थोकमा जन्मेका झुल बहादुर आले नेपाली कांग्रेसको तर्कबाट संविधान सभा सदस्य थिए ।  नेका महासमिति सदस्य समेत रहेका आले इमान्दार , पार्टी प्रति वफादार नेपाली कांग्रेसका सच्चा सिपाही थिए । आलेको  २०७९ मंसिर ९ गते ७२ वर्षको उमेरमा  निधन भएको थियो । .

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page