राेटरी क्लव अफ दमाैलीले पायो महिला नेतृत्व , अध्यक्षमा विणा कैनी

राेटरी क्लव अफ दमाैलीले पायो महिला नेतृत्व , अध्यक्षमा विणा कैनी

तनहुँ, २२ साउन
सामाजिक सेवामा सक्रिय अन्तर्राष्ट्रिय सञ्जाल रोटरी क्लव अफ दमौलीको २५ औं पदस्थापन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पदस्थापनासँगै रोटरी क्लब अफ दमौलीकी वर्ष २०२५/२६ की अध्यक्ष विणा कैनीले पदभार ग्रहण गरेकी छिन्। कैनीले पदभार ग्रहण गरेसँगै राेटरीले महिला नेतृत्व पाएको छ । वर्ष २०२४/२५ का अध्यक्ष जीवनकुमार श्रेष्ठले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी सम्पूर्ण जिम्मेवारी वर्ष २०२५/२६ की अध्यक्ष कैनीलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा अध्यक्ष कैनीलाई प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ (नेपाल-भुटान) का डिष्ट्रिक्ट गभर्नर बिनोद कोइरालाले कोलार लगाइदिएका थिए भने ग्याभल तथा ह्यामर निवर्तमान अध्यक्ष श्रेष्ठले र चार्टर सर्टिफिकेट संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले हस्तान्तरण गरेका थिए।

अध्यक्ष कैनीलाई असिस्टेन्ट गभर्नर बाबुराम बरालले सपथ गराएका थिए भने अन्य पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष कैनीले नै सपथ ग्रहण गराएकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी डिष्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाले रोटरी इन्टरनेशनलको भिजन, मिसन र लक्ष्यअनुसार आपसी समन्वय र सार्वजनिक सहयोग मार्फत समाज सेवामा क्लब सक्रिय रहेको बताए । शिक्षा , स्वास्थ्य र पूर्वाधार निर्माण लगायतका क्षेत्रमा दमौली क्लवले उल्लेखनीय योगदान दिंदै आएको काेइरालाले बताए ।

कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने , उपप्रमुख इन्द्रिरा दरै, ब्यास–२ का वडा अध्यक्ष काशिराम श्रेष्ठ, उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष बैकुण्ठ मिश्र, महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्ल, इनर व्हिल क्लव दमौलीकी अध्यक्ष सिर्जना घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सुवास गौतमले सहजीकरण गरेको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष जिवन कुमार श्रेष्ठले आफ्नो कार्यकालमा भएका गतिविधी प्रस्तुत गरेका थिए ।

नयाँ कार्यसमितिमा अध्यक्ष विणा कैनी, निवर्तमान अध्यक्ष जिवन कुमार श्रेष्ठ, उपाध्यक्षहरु नारायण मल्ल, किनकुमार श्रेष्ठ, योगिता श्रेष्ठ र शान्ताराम न्यौपाने, सचिव सुवास गौतम, कोषाध्यक्ष नविन श्रेष्ठ, सह–सचिव सुनिता आचार्य, सह–कोषाध्यक्ष रजिन लाल श्रेष्ठ लगायत रहेका छन् ।
सो अवसरमा रोटरी क्लव अफ दमौलीले तीन जना छात्र–छात्रालाई अध्ययनका लागि नगद सहयोग गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page