५१ औं भू संरक्षण दिवशमा वृक्षारोपण

श्रावण २३ , तनहुँ
५१ औं भू संरक्षण दिवशमा वृक्षारोपण गरिएको छ । “जलवायुजन्य प्रकाेपकाे समग्र समाधान , प्रकृतिमा आधारित एकीकृत जलाधार ब्यवस्थापन ” भन्ने नाराका साथ भू तथा जलाधार ब्यवस्थापन कार्यालय तनहुँकाे आयाेजना एवं डिभिजन वन कार्यालय तनहुँ, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र कमलबारी सामुदायिक वन उपभोक्ता समितिकाे समन्वय र सहकार्यमा वृक्षारोपण कार्यक्रम गरिएकाे भू तथा जलाधार ब्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पाैडेलले जानकारी दिए । ब्यास १२ काे पृथ्वी राजमार्ग नजिकै पहिराे जाेखिम क्षेत्रमा अम्रिसाे ५ सय, बाँस ६०, नेपियर १५ सय र डालेघाँस ५० गरि २ हजार १ सय १० वटा बिरुवा राेपिएकाे कार्यालयका प्रमुख पाैडेलले बताए । ब्यास १२ का वडा अध्यक्ष बमबहादुर आलेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि ब्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्याैपानेले बिरुवा राेपेर उद्घाटन गर्दै जलवायु परिवर्तनको असरले अतिवृष्टि , अनावृष्टि जस्ता समस्या देखापरिसकेकाे भन्दै वृक्षारोपण गरि कार्वन उत्सर्गनमा सहयाेग पुर्याउनु पर्ने बताए ।

कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले वृक्षारोपण कार्य पुण्यकाे काम भएकाे भन्दै राेपिएका विरुवालाई संरक्षण गर्ने कार्य स्थानीयकाे भएकाे धारणा राखे ।
कार्यक्रममा शसस्त्र प्रहरीबल नम्बर २३ मनकामना गणका गणपति प्रहरी उपरीक्षक अशाेककुमार लम्साल, भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख रविनसन अधिकारी , डिभिजन वन कार्यालयका प्रमुख शरद अधिकारी , आन्तरिक कार्यालयका प्रमुख लाल बहादुर खत्री, माले पहरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पार्वती कार्की , जिल्ला वन महासंघका अध्यक्ष विष्णु श्रेष्ठ ,पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी लगाएतले वृक्षारोपण गरेका थिए ।

























