सतिस आबासिय मा.वि. मा संस्कृति दिवस मनाईयो

विश्व आदिवासी दिवसको अवसर पारेर तनहुँको व्यास -१० डिहिगांउमा अवस्थित सतिस आवासिय माध्यामिक बिधालयमा हालै संस्कृति दिवस कार्यक्रम सम्पन्न भएको छ । विगत तीन वर्ष देखि लगातार आदिवासी दिवसको पुर्व सन्ध्यामा आयोजना गरीने उक्त कार्यक्रममा बिद्यार्थीहरु आ – आफ्नो जातीय पोशाकमा बिधालय आउने गर्दछन ।

कार्यक्रममा बोल्दै बिधालयका प्रधानाध्यापक दिर्घ बहादुर दरैले आफ्नो जातजातिको भाषा, संस्कृति, नृत्य र पहिचानको सम्मान गर्दै मनाइएको संस्कृति दिवसले हाम्रो विविधता भित्रको एकता झल्काउने र बालबालिकामा यस बारे चेतना जागरण हुने हुँदा बालबालिकामा समृद्ध र सहिष्णु भविष्यको बीजारोपण हुन टेवा पुग्ने बताए । विभिन्न जातीय सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको उक्त कार्यक्रम बिधालयका सह – शैक्षिक क्रियाकलाप प्रमुख बिनोद रखाली मगरको अध्यक्षता र शिक्षक बिबेक कोइरालाको सन्चालनमा सम्पन्न भएको थियो ।

























