मादीमा डुबेर हिजो देखि बेपत्ता टेलिकमका कर्मचारी हरीलाइ खाेज्न गाेताखाेरकाे प्रयाेग
नेपाल टेलिकम दमौलीमा कार्यरत एक कर्मचारी शनिबार मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । व्यास नगरपालिका–१ अम्रेनी निवासी ४० बर्षीय हरी परियार बेपत्ता भएपछि उनको खाेजिकाे लागि गाेताखाेर परिचालन भए पनि अहिलेसम्म भेटिनसकेकाे छैन ।
व्यास नगरपालिका–७ दुलेपानी स्थित मादी नदीमा साथीहरुसंग पौडी खेल्ने क्रममा बगाएर बेपत्ता बनाएको उनको खाेजिका लागि भानुबाट सशस्त्र प्रहरी काे गाेताखाेर टाेली परिचालन भएको थियो ।

सनिवार भएको घट्नाको जानकारी पाएलगत्तै नेपाल प्रहरी,नेपाली सेना र स्थानीयबासीले खोजी कार्य गरिरहे पनि फेला पार्न नसकिए पछि गाेताखाेरकाे टाेली आएकाे थियो । ” परियार नेपाल टेलिकम शाखा कार्यालय दमौलीमा सवारी चालकका रुपमा कार्यरत थिए । सोही कार्यालयमा टेक्निसियन पदमा कार्यरत २२ बर्षीय शिखर पौडेल,टेक्निसियन ३१ बर्षीय विश्यश्वरप्रसाद चौधरी, सुरक्षा गार्ड ४२ बर्षका शुक बहादुर गुरुङ र सवारी चालक ४० बर्षीय पवनबहादुर कुमाल मिलेर बनभोज कार्यक्रममा सहभागी पछि नदीमा पौडी खेल्न गएको प्रहरीले जनाएको छ ।

























