निर्मल मा बि का कक्षा १२ उर्तिण विद्यार्थीहरूलाइ पुर्व बिद्यार्थी समाजको सम्मान

निर्मल मा बि का कक्षा १२ उर्तिण विद्यार्थीहरूलाइ पुर्व बिद्यार्थी समाजको सम्मान

व्यास नगरपालिका वडा नं १ स्थित निर्मल माध्यमिक बिद्यालयमा अध्यन गर्ने कक्षा १२ उर्तिण विद्यार्थीहरूलाइ बधाई तथा सम्मान गरिएको छ । निर्मल मा. वि. पूर्व बिद्यार्थी समाजकाे आयाेजनामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष नारायण कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट ३ जना विद्यार्थीहरु सुजन श्रेष्ठ , क्षितिज श्रेष्ठ र सिर्जना बि.क
लगायत अन्य उर्तिण बिद्यार्थीलाई सम्मान गरिएको थियो ।

बिद्यार्थीहरूकाे सम्मानकाे लागि टोकन अफ द ल गेस ईन्टरनेस्नल फाउन्डेसनका प्रोपाईटर तथा पूर्व विद्यर्थी संघका सचिव दिपेन्द्र सापकोटा साथै उत्कृष्ट विद्यार्थीहरुलाई विद्यलयका शिक्षकहरुले सहयोग सामाग्री उपलब्ध गराएका थिए । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष , बिद्यालयका प्रअ , अन्य शिक्षकहरू तथा पुर्व बिद्यार्थी एवम् अन्य बिद्यार्थीहरूकाे उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page