शुक्लागण्डकी , भिमाद , घिरिङ , ऋषिङ र म्याग्देमा आज ४ घण्टा बत्ती जाने
शुक्लागण्डकीको खैरेनीटार सवस्टेसनबाट वितरण हुदै आएका स्थानहरुमा शनिवार आज ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । विहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत बन्द हुने बताइएको छ।

मुग्लिङ पोखरा सडक विस्तार कार्य अन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नं ५ को झरौटा र वडा नं ७ को खैरेनीटार ब्यारेक देखि कुम्लेखोला तर्फको विद्युतीय संरचनाहरुको स्थानान्तरण कार्यकोलागि बिजुली बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख इन्जिनीयर राजकुमार रमणले जानकारी दिए ।

खैरेनीटार सवस्टेसन बाट हाल तनहुँ निर्वाचन क्षेत्र नं. २ क, ख र नवलपुर निर्वाचन क्षेत्र नं. २ क का उपभोक्तामाझ विद्युत वितरण भइरहेको छ । सो क्षेत्र अन्तर्गत शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिकाका, स्याङ्जाको हरिनाश गाउँपालिका र नवलपुरको बौद्धिकाली र बुलिङ्टार गाउँपालिका का केहि वडाहरु बत्ती जाने क्षेत्रमा पर्दछन् ।
























