ऋषिङ्गमा भएको तीज गीत प्रतियोगितामा ग्याजा आमा समूह प्रथम

ऋषिङ्गमा भएको तीज गीत प्रतियोगितामा ग्याजा आमा समूह प्रथम

ऋषिङ गाउँपालिकाकाे आयाेजनामा महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा ऋषिङ्गमा आयोजित वडास्तरीय महिला खुला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
“ऋषिङ्गको विकासमा पूर्व र वर्तमान अवस्थाः संघीयतामा महिलाहरूको भूमिका” शीर्षकमा आइतबार आयोजना गरिएको यस प्रतियोगिताकाे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उद्घाटन गरेकी थिइन् ।

प्रतियोगितामा सहभागी १५ टिमलाई पछि पार्दै ग्याजा आमा समूह, ऋषिङ्ग १ प्रथम भएको छ । यस्तै लालिगुराँस आमा समूह, ऋषिङ्ग ५ द्धितीय ,प्रगति महिला संजाल, ऋषिङ्ग ४ तृतीय र नमुना आमा समूह, सुकेपोखरी , ऋषिङ्ग २ सान्त्वना भएका छन् ।प्रतियोगितामा प्रथम हुने समुहले प्रथम पुरस्कार रु. २० हजार,द्वितिय पुरस्कार रु. १५ हजार,तृतिय पुरस्कार रु.दश हजार र प्रमाणपत्र र सहभागी पुरस्कार रु.चार हजार प्राप्त गरेका छन् । प्रतियोगितामा बिजयी टिमलाई ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ ,उपाध्यक्ष गिनुमाया थापा , प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाइ लगायतले पुरस्कार वितरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page