भानु ३ वडा स्तरीय तीज गीत प्रतियोगितामा जनजागृति मावि प्रथम
हरितालिका तीजको अवसरमा भानु नगरपालिका वडा नं ३ को आयोजनामा आयोजित वडा स्तरीय तीज गित तथा नृत्य प्रतियोगिता भानु ३ खहरे स्थित मर्स्यांदी आधारभूत विद्यालयको प्रांगणमा सम्पन्न भएको छ । प्रतियोगितामा जनजागृति मावि ढुकुदी प्रथम भएको छ । यस्तै निर्जला आमा समूह तुरतुरे द्धितीय र जनजाती टोल आलूवारी तथा मोहोरिया कालीमाटी टोल तृतीय भएका छन् ।

भानु नगर प्रमुख आनन्द राज त्रिपाठीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भानु ३ का वडा अध्यक्ष तुल कुमार गुरुङ , निवर्तमान वडा अध्यक्ष दल नारायण श्रेष्ठ , कार्यक्रम संयोजन समितिका संयोजक कमला सेढाई,सह संयोजक पार्वती न्यौपाने,लक्ष्मी चीलूवाल,पूनम श्रेष्ठ,पार्वती श्रेष्ठ, फ्रेंडशिप युवा क्लबका उपाध्यक्ष मनोज आले , टोल अध्यक्ष नारायण श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

























