भिमादमा आज १ लाख पुरस्कारको लाखे नाच प्रतियोगिता हुने

भिमादमा आज १ लाख पुरस्कारको लाखे नाच प्रतियोगिता हुने

नेवा: देय दबू गण्डकी प्रदेश समितिको आयोजनामा भदौ १४ गते सनिवार आज भिमाद बजारमा खुला लाखे नाच प्रतियोगिता हुने भएको छ । आयोजकका अनुसार प्रतियोगितामा पहिलो पुरस्कार नगद १ लाख १ हजार रुपैयाँ, दोस्रो पुरस्कार ६१ हजार रुपैयाँ र अन्य ८ उत्कृष्ट टोलीलाई जनही १५/१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। गण्डकी प्रदेशभरिबाट करिब ३० टिमको सहभागिता रहने ठानिएको यस प्रतियोगितालाइ सांस्कृतिक समागमको रूपमा हेरिएको छ। प्रतियोगिताकाे गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेवारी परम्परा, कला र संस्कृति जोगाउने उद्धेश्यका साथ आयाेजना भएको प्रतियोगिताले समग्र भिमादकाे पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page