साँढे २३ करोडकाे दमाैली सभाहलमा एसी नचलेपछी !

साँढे २३ करोडकाे दमाैली सभाहलमा एसी नचलेपछी !

२३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रूपयाँ लागतको दमाैली सभाहलमा एसी नचलेपछी सहभागीहरू पसिनै पसिना भएका छन् । नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको दुई दिने कार्यक्रम अन्तर्गत देशभरबाट आएका सहभागीहरू उक्त हलमा पस्दा एसी नचलेपछी पसिनै पसिना भएका हुन् । सनिवार सुरु भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डे रहेका थिए । देशभरका ४२ शाखाका करिब ७ सय प्रतिनिधिहरू प्राय काेटपाइन्टमा सजिएर आएका उनिहरू एसी नभए पछि उकुसमुकुस गर्मीमा बस्न सकेका थिएनन् । जसका कारण प्रमुख अतिथि बाेल्ने बेलामा धेरैजसो सहभागीहरू हल बाहिर बसेका थिए ।

राष्ट्रपति रामचन्द्र पाैडेलले २०८० साल असाेज ६ गते उद्घाटन गरेका सभाहल सम्पन्न भएकाे १४ महिनापछि व्यास नगरपालिकालाइ हस्तान्तरण गरेपनि त्यसको सहि व्यवस्थापन अझै हुन सकेको छैन । उद्घाटनकाे दिनमै कागजकाे ढड्डाले हम्किएर बस्न परेको तितो यथार्थ सनिवार उपस्थित सहभागीहरूले पनि सम्झिएका थिए । डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौं द्वारा सभाहल निर्माण भएको हाे । सभाहल ७ सय ५० जना क्षमताको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page