थर्पुमा दुईवटा माेटरसाइकल ठाेक्किँदा बिजय क्षेत्रीकाे मृत्यु
पृथ्वीराजमार्ग स्थित तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ थर्पुमा दुईवटा माेटरसाइकल एकआपसमा ठाेक्किएकाे छ । १७ गते राति २३:०० बजेको समयमा भएको दुर्घटनामा पोखरा बाट दमौली तर्फ आउदै गरेको ग.२१प ३०३६ न.को स्कुटर र बिपरित दिशा जादै गरेको ग.२३ प ८००७ न.को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको हाे । दुर्घटनामा दुबै स्कुटर चालक घाईते भई उपचारको लागी प्रदेश अस्पताल दमौली ल्याईएको थियो ।

साथै दुर्घटना पश्छात ग.२१प ५११४ न.को मो.सा. समेत अनियन्त्रीत भई घाईतेलाई ठक्कर दिन पुगेको प्रहरीले बताएको छ । उक्त मो सा को चालक जिल्ला कास्की पोखरा म.न.पा २१ बस्ने बर्ष २० को सहनशिल थापा प्रहरीको नियन्त्रणमा रहेको तथा
ग.२१प ३०३६ न.को को स्कुटर चालक म्याग्दे गा.पा.७ बस्ने बर्ष ३२ को बिजय थापा क्षेत्री अनुहारमा,बायाँ खुट्टामा चोट अबस्था सिरियस ,२३:४२ बजे उपचारको क्रममा मृत घोषणा भएको थियो । यस्तै ग.२३प ८००७ न.को स्कुटर चालक जिल्ला कास्की पो.म.न.पा.१७ बस्ने बर्ष १९ को प्रबिन क्षेत्री बायाँ आखाँमा चोट बोल्न सक्ने मध्यम रहेको र हाल जि एम सी पोखरामा रिफर भई उपचार भईराखेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

























