व्यास ११ मा कोभिड पार्क निर्माण गर्न आजबाट महायज्ञ सुरु

व्यास ११ मा कोभिड पार्क निर्माण गर्न आजबाट महायज्ञ सुरु

तनहुँकाे व्यास नगरपालिका वडा नं ११ रातामाटा बेलथुम्कीमा कोभिड पार्क निर्माण गर्ने उद्धेश्यका साथ आजबाट महायज्ञ सुरु भएको छ । महायज्ञकाे एक समारोहबीच गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।
कार्तिक १३ गते देखि २१ गतेसम्म हुने सप्ताह व्यापी ज्ञान महायज्ञकाे सांसद श्रेष्ठले उद्घाटन गरेका हुन् । महायज्ञमा करिब १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको महायज्ञ मुल समारोह समितिका संयाेजक बिरेन्द्र अधिकारीले बताए ।

पार्कलाई मानवता ,अध्यात्म र प्राकृतिक सौन्दर्यको केन्द्र बनाईने उद्धेश्यका साथ महायज्ञ आयाेजना गरिएको हाे । उद्घाटन कार्यक्रममा वडा नं ११ का वडा अध्यक्ष दलबहादुर दुरा र पूर्व वडा अध्यक्ष निरबहादुर खड्का लगायतले महायज्ञ सफल बनाउने बारेमा बोलेका थिए । महायज्ञमा मुख्य वाचन पण्डित दिपक प्रसाद पाैडेलले गर्ने छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page