प्रदेश सांसद श्रेष्ठको ५ लाख सहयोगले सेताेगुराँस बालविकास बन्यो चिटिक्क
सेताेगुराँस बालविकास सेवा तनहुँकाे पुनर्निर्माणकाे लागि गण्डकी प्रदेश सरकारले सहयोग गरेको छ । प्रदेश सांसद अशोककुमार श्रेष्ठले ५ लाख रूपया सहयोग गरेपछि सेताेगुराँस अहिले चिटिक्क पारिएको छ । जिर्ण भएको संरचनाको पुनर्निर्माण गरेपछि अहिले भवन चिटिक्क देखिएको हाे । ४० जना भन्दा बढी बिद्यार्थी आउने यहाँ छानाेबाट पानी चुहिनुका साथै सबै संरचना जीर्ण हुँदा निकै सास्ती भएको थियो । सेताेगुराँसकी अध्यक्ष सुशीला शर्माले सांसद श्रेष्ठको सहयोगले छाना छाउने , प्लास्टर गर्ने ,रङ्गराेगन गर्ने , बत्ती बनाउने लगायतको काम गरेको बताइन् ।

सांसद श्रेष्ठले बालबालिकाकाे क्षेत्रमा काम गरेको सेताेगुराँसलाइ प्राथमिकता दिएर सहयोग गरेको भन्दै आवस्यक परेमा पुन सहयोगकाे लागि तयार रहेको र सधैं साथमा रहेको भन्दै सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरे ।


























