छाेरीकाे जन्मदिनमा वडा सदस्य पाैडेलले गरे उज्यालो घरलाई सहयोग

छाेरीकाे जन्मदिनमा वडा सदस्य पाैडेलले गरे उज्यालो घरलाई सहयोग

ब्यास नगरपालिका वडा नं. १० का वडा सदस्य ईश्वर पाैडेलले आफ्नो छोरी एलिसा पाैडेलको जन्मदिनको अवसरमा उज्यालो घरलाई सहयोग गरेका छन् । उज्यालो घरका बावुनानीहरुको उज्वल भविष्यको कामना गर्दै पाैडेलले दस हजार बराबरको खाधान्न सहयोग प्रदान गरेका हुन् | जन्मदिनमा हुने फजुल खर्च राेकेर सामाजिक कार्यमा जाेडिन आफ्नै वडामा रहेको उज्यालो घरमा सहयोग गरेको सदस्य पाैडेलले जनाएका छन् ।

उज्यालो घरले पाैडेलकाे सहयोग र यस अभियानमा जोडिनुभएकोमा हार्दिक आभार एवं जन्मदिनको शुभकामना ब्यक्त गर्दै धन्यवाद दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page