भैलाे खेलेको पैसा बचाएर म्याग्दे डान्स स्टुडियोले गर्याे उज्यालो घरमा न्यानो कपडा सहयोग

भैलाे खेलेको पैसा बचाएर म्याग्दे डान्स स्टुडियोले गर्याे उज्यालो घरमा न्यानो कपडा सहयोग

भैलाे खेलेर संकलन भएको पैसाले म्याग्दे डान्स स्टुडियोले सामाजिक क्षेत्रमा काम गरेको छ । भैलाे खेलेर संकलन भएको पैसाले घुमफिर गर्ने , अनावश्यक ठाउँमा फजुल खर्च गर्ने भन्ने भनाइ एवम् आराेपलाइ चिर्दै म्याग्दे डान्स स्टुडियोले सामाजिक क्षेत्रमा रचनात्मक काम गरेको हाे ।

म्याग्दे डान्स स्टुडियोले ब्यास-१० बैरेनिमा अबस्थित उज्यालो घरमा पुगेर २३ हजार बराबरको न्यानो कपडा सहयोग गरेको डान्स स्टुडियोका प्राेपाइटर सुजन श्रेष्ठले बताए । हामीले उज्यालो घर नामक संस्थाले अनाथ बालबालिकाको संरक्षण र पालनपोषणका लागि गरिरहेको अतुलनीय कार्यमा केही सहयोग हाेस् भनेर सहयोग गरेका हाैँ श्रेष्ठले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page