दमाैलीमा भएको ब्याडमिन्टन प्रतियोगितामा सराेज र सुरज तथा प्रदिप र सुर्यको टिम प्रथम

तनहुँकाे दमाैलीमा शुक्रबारदेखि सुरु भएको मनी सुन्दर श्रेष्ठ स्मृति कप व्याडमिन्टन प्रतियोगिताकाे खुल्ला तर्फ भीमादका सराेज गुरूङ र सुरज रानाकाे टिम प्रथम बनेको छ । यस्तै प्रतियोगितामा द्धितीय सागर थापा र सहबिर सारू ऋषिङकाे टिम भएको छ भने तृतीय विश्वास विक र सुरेश गुरूङ दमाैलीकाे टिम तथा बुद्धि प्रधान र नरबहादुर क्षेत्रीकाे टिम भएको छ । प्रतियोगितामा प्रथम , द्धितीय र तृतीय हुने टिमले क्रमशः ३० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र , २० हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र तथा १२ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा २७ टिमकाे सहभागीता रहेकाे आयाेजक युवा रामकृष्ण क्षेत्रीले बताए ।


यस्तै साेही प्रतियोगिता अन्तर्गत डि लेवल तर्फ प्रदिप न्याैपाने र सुर्य क्षेत्री दमाैलीकाे टिम प्रथम भएको छ । यस्तै प्रतियोगितामा द्धितीय साेनु गुरूङ र याेद्ध राना शुक्लागण्डकी भएको छ भने तृतीय कुमार कञ्चन जिसी र विष्णु लामिछाने दमाैली तथा कृष्ण पाैडेल र कमल काेइराला दमाैलीकाे टिम हुन सफल भएको छ । प्रतियोगितामा प्रथम , द्धितीय र तृतीय हुने टिमले क्रमशः २० हजार , १० हजार र ८ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । डि लेभलमा ५७ टिमकाे सहभागीता रहेको आयाेजक युवा सुमन श्रेष्ठले बताए । प्रतियोगितामा विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्कीले पुरस्कार वितरण गरेका थिए । साे अवसरमा मुख्य प्रायाेजक मनी शुन्दरका छाेराहरू डम्बरबहादुर श्रेष्ठ र भीम श्रेष्ठले बिजयी खेलाडीलाई टीका तथा खादा लगाएका थिए ।


नरेन्द्र एण्ड सन्स स्पाेर्ट्स सप व्यास २ मुख्य प्रायोजक रहेको प्रतियोगितामा तनहुँका झण्डै दुई सय खेलाडीको उपस्थिति रहेको थियो ।
बार्हबिसे युवा क्लवका अध्यक्ष ज्ञानबहादुर गुरूङकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे सम्पुर्ण संयाेजन
मुख्य प्रायाेजक मनी शुन्दरका नाति नरेन्द्र श्रेष्ठले गरेका थिए ।


























