घिरिङमा सम्पन्न राष्ट्रपति रनिङशिल्डकाे उपाधि चन्द्र ज्याेती माविलाई
घिरिङ गाउँपालिकामा अन्तर विद्यालय स्तरीय सातौँ राष्ट्रपति रनिङशिल्ड २०८२ कार्यक्रम सम्पन्न भएको छ। प्रतियोगितामा ९ स्वर्ण ८ रजत २ कास्य सहित चन्द्र ज्योति मा.वि. प्रथम भएको छ ।

यस्तै प्रतियोगितामा ९ स्वर्ण ३ रजत ४ कास्य सहित महेन्द्र ज्योति मा.वि. दोस्रो र ५ स्वर्ण ३ रजत ९ कास्य सहित कृष्ण मा.वि. तेस्रो हुन सफल भएको छ।


























