व्यास ३ पुरानो प्रशासन कार्यालय अगाडि महेन्द्र पार्कमा रहेको श्रीकृष्ण नर्सरी त्यसको आडैमा सर्याे
तनहुँकाे व्यास नगरपालिका वडा नं ३ पुरानो प्रशासन कार्यालय अगाडि महेन्द्र पार्कमा रहेको श्रीकृष्ण नर्सरी त्यसको आडैमा सरेको छ ।

नर्सरीका सञ्चालक गम्भीर दास नेपालले दमाैलीमै नर्सरी नभएको अवस्थामा फाेहाेरमैलाले भरिएको , लागुऔषधकाे अखडा बनेको ठाउँलाई सरसफाइ गरेर आकर्षक बनाइ नर्सरी स्थापना गरेका थिए । पहिला फाेहाेरले जान नसकिने यस ठाउँबाट उक्त नर्सरी हालै सरेपछी अहिले बेवारिसे बन्ने अवस्था देखिएको छ । अहिले त्यसकै आडमा सरेको नर्सरी भएको ठाउँमा पनि निकै झाडी र फाेहाेरमैला रहेको थियो । उक्त झाडी र फाेहाेरमैलालाइ सरसफाइ गरेर अहिले नर्सरीलाई चिटिक्क सँगै हरियाली र हराभरा पारिएको छ ।

२०६८ सालबाट सुरु भएको नर्सरीमा हाल सिजनेवल फुल देखि महंगो फलफूलहरू स्याउ , नास्पती , आरू , आरूवखडा , अम्बा , कागती , कटहर जस्ता फलफूलका विरूवाहरू पाइन्छन् । नर्सरीबाट तनहुँ सँगै लमजुङ , गाेरखा बाट समेत बिरुवा लिन आउने नेपालले बताए । बिरुवा लिन आउने जाेसुकैलाइ पनि राेपण गर्ने तरिका सिकाउने गरिएको छ । धेरै प्रकारका बिरूवाहरू दमाैलीमै पाइने भए पछि अन्यत्र बिरुवा लिन जाने झन्झट हटेको स्थानीय बताउँछन् । एकातिर राम्रो , सुन्दर र आकर्षक भएको छ , अर्कोतर्फ बिरूवा आवस्यक पर्नेलाइ लान सजिलो भएको छ , साथै दमाैलीकै सुन्दरता जाेगाउने काम समेत नर्सरीले गरेको छ ।

























