तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् तनहुँको पाँचौँ अधिवेशन सम्पन्न , अध्यक्षमा देवबहादुर

तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् तनहुँको पाँचौँ अधिवेशन सम्पन्न , अध्यक्षमा देवबहादुर

तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्य समिती तनहुँको १६ औं बार्षिक साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन शनिबार आँबुखैरेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट देव बहादुर तमुको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको हो । समितीको उपाध्यक्षद्धोयमा मनराज तमु, आशादेवी तमुस्यो, सचिवमा श्रवण कुमार तमु, सहसचिवमा भुवनसिंह तमु, प्रचार प्रसार सचिवमा कुमार काजी तमु, कोषाध्यक्ष रण बहादुर तमु र सह – कोषाध्यक्षमा प्रतिमा तमुस्यो चयन भएका छन् ।

यसैगरी, समितीको सदस्यहरुमा लिल बहादुर तमु, होम बहादुर तमु, कृष्ण कुमारी तमुस्यो, ढकल तमु, टार्जन तमु्, कुल प्रसाद तमु, दुर्गा बहादुर तमु, रेशम बहादुर तमु, श्रीकृष्ण तमु, दुर्गा लाल तमु रहेका छन ।

माई छिम्केश्वरी तमु सुधार समाजको भवनमा समितीका अध्यक्ष देव बहादुर तमुको सभापतित्व तथा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष धनिमान तमुको प्रमुख आतिथ्यतामा समितीको ५ औं अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले आगामी ३ वर्षको लागि निर्वाचनबाट नयाँ कार्य समिती चयन गरेकाे हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page