भेटेरिनरी अस्पताल तनहुँकाे आयाेजनामा भानुमा थुनेलाे परिक्षण

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय दमौली तनहुँ को आयोजना तथा भानु नगरपालिका, पशुपंछी तथा मत्स्य विकास शाखाको सहकार्यमा ब्यवसायिक पशुहरूको थुनेलो रोग रोकथामका लागि थुनेलो परिक्षण गरिएको छ । परिक्षण पश्चात् किसानलाई औषधी सहितका उपचार सामाग्री निःशुल्क वितरण गरिएकाे बताइएको छ ।
भानु नगरपालिका, पशुपंछी तथा मत्स्य विकास शाखाको सहकार्यमा भानु -८ बगालेफाँटमा रहेको प्रगती दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानहरुलाई थुनेलो परिक्षण गरी संक्रमण देखिएका पशुहरुलाई उपचारका लागी बेटाडिन, मास्ट मलम, गिलसिरिन, बफर र गाईभैसीको थुन उपचारमा सहयोग सामग्री, मिनिरल भिटामिन बितरण गरिएकाे हो । उक्त थुनेलो शिविरमा ६४ जना कृषकहरूको ९६ बटा गाई भैसीको दुधको नमुना संकलन गरी नमुना परिक्षण गरिएको छ । जसमा ५६ गाई र ४० भैसीको दुधको नमुना परिक्षण गर्दा १३ जना कृषकहरुको २३ वटा गाई र १२ वटा भैसी गरी ३५ वटा पशुको दुधमा थुनेलो संक्रमण देखिएको भेटेरिनरी अस्पतालका अधिकृत रुद्र सिं ठकुरीले बताए ।
थुनेलो देखिएको पशुहरुलाई औषधी सहितको सामाग्री वितरण अघि उपचार तथा कप प्रयोग विधि सहित थुनेलो रोगका लक्ष्यण, यसका असर सहित रोग लाग्न नदिन उपायका विषयमा प्रशिक्षण पनि गरिएको थियो ।

पछिल्लो समय विशेषगरी गाईमा र भैसीमा यो रोगको प्रकोप बढिरहेको पाईएको छ । रोगका कारण दुध उत्पदनमा कमि हुने र पशुको स्वास्थ्यमा समेत गम्भीर असर पर्दा किसानको लगानी ढुब्ने गरेको छ ।
दुहुनो गाई भैसिको सरसफाईमा किसानको लापरवाही सँगै अज्ञानताका कारण हुने संक्रमणबाट यो रोग लाग्ने गरेको छ । लामो समय लगाएर उपचारमा मोटो रकम खचिनु पर्ने भएकाले रोग लाग्नै नदिन सरकारले सहयोग गरेको थियो ।
कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष खडानन्द ढकाल, संचालक सन्तोष बजगाई, प्राविधिक उषा किरण तिवारी, अमित दुंगाना, अनिता बि.क,ललिता वुढाथोकी र रोसन मल्ल ठकुरी लगायतको समेत सहभागिता थियो ।


























