रास्वपा तनहुँ वडा अधिवेशनमा जुट्याे , नेता स्वर्णिम वाग्ले आउने

रास्वपा तनहुँ वडा अधिवेशनमा जुट्याे , नेता स्वर्णिम वाग्ले आउने


राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ वडा अधिवेशनमा जुटेको छ । यसै सिलसिलामा करिब एक हप्ताको तालिका सहित क्षेत्र नम्बर १ का पूर्व सांसद एवम् पार्टी उपसभापति स्वर्णिम वाग्ले आज तनहुँ आउने भएका छन् । जसअनुसार डाक्टर वाग्ले आज बिहान १० देखि ११:३० बजे आँबुखैरेनी गापा वडा नं ४ मा हुने कार्यक्रम सकेर दिउँसो १ बजे – व्यास नपा वडा नं १३ काे वडा अधिवेशनमा आउने कार्यक्रम रहेको छ । यस्तै उक्त अधिवेशन पश्चात् साँझ ५ बजे – दमौली बजारमा भेटघाट कार्यक्रममा सहभागी हुने पार्टीका संगठन विभाग प्रमुख अनिल श्रेष्ठले बताए ।

यस्तै पौष ३ गते व्यास – २ वडा अधिवेशन तथा भेटघाट कार्यक्रममा नेता वाग्ले भाग लिनेछन् । पौष ४ गते पर्वत तथा बागलुङमा पार्टीको कार्यक्रममा सहभागी भएर वाग्ले पौष ५ गते बिहान ११ बजे पाेखरा महानगरपालिका वडा नं ९ काे वडा अधिवेशनमा भाग लिए पश्चात् पुन दिउसो २ बजे तनहुँकाे शुक्लागण्डकी वडा नं २ काे वडा अधिवेशन साथै भेटघाटमा भाग लिने कार्यक्रम रहेको छ । नेता वाग्ले पौष -६ गते बन्दिपुर – वडा नं २ र ३ वडा अधिवेशन तथा भेटघाटमा सहभागी भइ साँझ काठमाडौं फर्कने रास्वपा तनहुँले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page