पूर्व विद्यार्थी मञ्च सत्यवती माविद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम सम्पन्न

पूर्व विद्यार्थी मञ्च सत्यवती माविद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम सम्पन्न


सत्यवती माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा पूर्व विद्यार्थी मञ्च सत्यवती माविको आयोजनामा विद्यालयका विद्यार्थी तथा विद्यालय परिवारलाई लक्षित गरी जनरल स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ।
स्वास्थ्य क्षेत्रमा कार्यरत सत्यवती माविका पूर्व विद्यार्थी चिकित्सक, नर्स तथा फार्मासिस्टहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा ३२० जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष एवं संरक्षक काशीराम श्रेष्ठ रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व पूर्व विद्यार्थी मञ्चका अध्यक्ष पुष्प श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरी, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ तथा प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा डा. अनिल गिरी र डा. अञ्जु थापाले कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी गराउनुभएको थियो। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी तथा सहयोगीप्रति आभार व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page