तनहुँ कारागारबाट फरार तीन कैदी/बन्दी पुनः पक्राउ
भदौ २३ र २४ गते भएको जेन्जि आन्दोलनका क्रममा जिल्ला कारागार तनहुँबाट फरार भएका तीन जना कैदी तथा बन्दीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी इकाइबाट परिचालन भई उनीहरूलाई नियन्त्रणमा लिइएको र कारागार कार्यालय तनहुँमा बुझाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरू सबै जबरजस्ती करणी मुद्दामा संलग्न रहेका छन्। पक्राउ परेकामा भिमाद गाउँपालिका–६, शान्तिनगर निवासी ३० वर्षीय पिताम्बर नेपाली, बन्दीपुर गाउँपालिका–१, नाहाला निवासी ६० वर्षीय बमबहादुर कुवर र आबुखैरेनी गाउँपालिका–६, पुर्लुङ निवासी ६५ वर्षीय चन्द्रबहादुर भुजेल रहेका छन्।
प्रहरीका अनुसार फरार रहेका सबैलाई खोजतलासपछि नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाइएको हो।



























