सम्पादक अमरराज नहर्की काठमाडौँ विश्वविद्यालयमा पीएचडीका लागि छनोट

सम्पादक अमरराज नहर्की काठमाडौँ विश्वविद्यालयमा पीएचडीका लागि छनोट


दमौली, माघ ८ गते — तनहुँ प्रेस डटकमका सम्पादक अमरराज नहर्की काठमाडौँ विश्वविद्यालयमा विद्यावारिधि (पीएचडी) अध्ययनका लागि छनोट हुनुभएको छ। उहाँ विश्वविद्यालयको मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत आमसञ्चार तथा पत्रकारिता विषयमा पीएचडी गर्न चयन हुनुभएको हो।
विश्वविद्यालयले लिएको अन्तर्वार्ता तथा उहाँद्वारा प्रस्तुत शोध प्रस्तावको मूल्याङ्कनपछि अध्ययनको अनुमति प्रदान गरिएको हो। यसै सन्दर्भमा बिहीबार धुलिखेलमा आयोजित शोधार्थीहरूको विशेष भेलामा सम्पादक नहर्की सहभागी हुनुभएको थियो।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति तथा रजिस्ट्रारको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा उहाँले आफ्नो अनुसन्धानका प्राथमिक क्षेत्रबारे धारणा प्रस्तुत गर्नुभयो। विगत २० वर्षदेखि पत्रकारितामा सक्रिय रहनुभएको नहर्कीले नेपालमा भ्रष्टाचारले पारेको सामाजिक प्रभाव तथा त्यसलाई न्यूनिकरण गर्न सञ्चार क्षेत्रले खेल्न सक्ने भूमिकामाथि प्राज्ञिक अनुसन्धान गर्ने योजना बनाउनुभएको छ।


देशको समग्र विकासमा भ्रष्टाचार एक प्रमुख बाधक रहेकाले यस विषयमा गहन अध्ययन आवश्यक रहेको उहाँको भनाइ छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page