फ्रेन्डसीप कप फुटबल: आदर्श नमुना र आयोजक फ्रेन्डसीप सि आज फाइनलमा भिड्ने

फ्रेन्डसीप कप फुटबल: आदर्श नमुना र आयोजक फ्रेन्डसीप सि आज फाइनलमा भिड्ने

तनहुँ – माघ ३ गतेदेखि गुणादीमा सञ्चालन भइरहेको फ्रेन्डसीप कप खुल्ला नकआउट सेभेन ए साइट फुटबल प्रतियोगिताको सेमिफाइनल खेल शुक्रबार सम्पन्न भएको छ।
पहिलो सेमिफाइनलमा आदर्श नमुना मनहरीले गुरूङ व्वाइज क्लवलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ भने अर्को सेमिफाइनलमा आयोजक फ्रेन्डसीप सिले टाइगर ल्याण्ड दमौलीलाई ६–० ले हराउँदै फाइनलमा स्थान बनाएको छ।
यसरी, फाइनल खेल आज (शनिवार)दिउँसो आदर्श नमुना र आयोजक फ्रेन्डसीप सि बीच हुने भएको छ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. १,२५,१२५, द्वितीय पुरस्कार रु. ६५,१६५ रहेको छ। विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, क्वाटरफाइनलदेखि ‘म्यान अफ दि म्याच’ सम्मानको व्यवस्था गरिएको छ।

फ्रेन्डसीप युवा क्लबका निवर्तमान अध्यक्ष दुर्गाराज थापा मगरले भने, “प्रतियोगिता स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page