रास्वपाको व्यास–१४ वडा समिति गठन , सभापतिमा थापा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगरपालिका–१४ को वडा भेलाबाट नयाँ वडा कार्यसमिति गठन गरिएको छ। आज सम्पन्न भेलाले याम बहादुर थापाको सभापतित्वमा वडा कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिको उपसभापतिमा सरस्वती थापा मगर र सचिवमा भेष बहादुर थापा चयन भएका छन्। कार्यसमितिका सदस्यहरूमा केशु थापा, ओम बहादुर थापा, ज्योति आले, योगमाया थापा तथा टेक बहादुर आले रहेका छन्।
यसैगरी, सल्लाहकार समितिमा पुन्य प्रसाद भट्टराई, दुर्गा धन थापा, राजु घर्ती र टेक बहादुर थापा चयन भएका छन्।

भेलाले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, सिद्धान्त र अभियानलाई वडा तहमा प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा व्यक्त गरेको छ।


























