नेपाल शिक्षक संघ तनहुँको भवन निर्माणमा रमेश भट्टराईद्वारा १० लाख सहयोग

नेपाल शिक्षक संघ तनहुँको भवन निर्माणमा रमेश भट्टराईद्वारा १० लाख सहयोग


दमौली, तनहुँ ।
नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति तनहुँको जिल्ला भवन निर्माणका लागि सञ्चालन गरिएको आर्थिक सहयोग संकलन अभियानअन्तर्गत संघका अध्यक्ष रमेश बाबु भट्टराइले रु. १०,००,००० (अक्षरेपी: दश लाख रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
शिक्षा तथा सामाजिक सेवामा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका भट्टराईले संगठनको दीर्घकालीन संरचनागत विकास र शिक्षक समुदायको संस्थागत सुदृढीकरणका उद्देश्यले उक्त सहयोग गर्नुभएको संघले जनाएको छ। उहाँले यसअघि पनि शिक्षा, विद्यार्थी प्रोत्साहन तथा विभिन्न सामाजिक क्षेत्रमा पटक–पटक सहयोग गर्दै आउनुभएको छ।
भवन निर्माणार्थ अन्य सहयोगकर्तामध्ये नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमितिका पूर्व उपमहासचिव विजय पौडेलले रु. ११,१११ र पूर्व कार्यवाहक अध्यक्ष रशमाया गुरुङले रु. १८,५५५ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ।

यसैबीच सम्पन्न संघको बैठकले जिल्ला भवन निर्माणका लागि दशवटै पालिकामा आर्थिक संकलन समिति गठन गरी अभियानलाई थप व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page