गैरकानूनी रूपमा चन्दा संकलन गर्ने व्यासका पाण्डे पाेखरामा पक्राउ

गैरकानूनी रूपमा चन्दा संकलन गर्ने व्यासका पाण्डे पाेखरामा पक्राउ

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै गैरकानूनी रूपमा चन्दा संकलन गरेको आरोपमा व्यास–तनहुँका एक जनासहित दुई जनालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको विशेष टोलीले व्यास नगरपालिका–१३, तनहुँका अग्नी भन्ने लक्ष्मण पाण्डे (३२) र माछापुच्छ्रे गाउँपालिका–२, कास्कीका भिमसेन परियार (३७) लाई पोखराका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार उनीहरू “माओवादीका कार्यकर्ता” भएको भन्दै डरधाक तथा धम्की दिँदै विभिन्न व्यक्ति र संघ–संस्थाबाट चन्दा उठाइरहेका थिए। पक्राउ परेकामाथि चन्दा ऐन सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालत बाट पाँच दिनको म्याद थप भई अनुसन्धान अगाडि बढाइएको छ।

बरामद सामग्री
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गण्डक ब्यूरो लेखिएको रसिद नं. १४२१ देखि १४४० सम्मको रसिद ठेली १ थान (१५ थान अर्धकट्टी सहित), आर्थिक सहयोग सम्बन्धी पत्र पाना २० थान (सेक्रेटरी क. वृन्दा को हस्ताक्षर सहित), पहेँलो खाली खाम १५ थान, नगद रु. २३,०००, “जातवार्ता आहुति” लेखिएको पुस्तक १ थान, खैरो डायरी २ थान र मोबाइल फोन ३ थान बरामद भएको प्रहरीले जनाएको छ।


प्रहरीले निर्वाचनको पूर्वसन्ध्यामा यस्ता गैरकानूनी गतिविधि नियन्त्रणका लागि निगरानी कडा बनाइएको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page