घुमाउनेकाे फुटबलमा मुग्लिन एएफसी फाइनलमा, भोलि नवसर्जक र देवघाटबीच सेमिफाइनल भिडन्त

घुमाउनेकाे फुटबलमा मुग्लिन एएफसी फाइनलमा, भोलि नवसर्जक र देवघाटबीच सेमिफाइनल भिडन्त

तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं ६ घुमाउने स्थित पञ्चकन्या युवा क्लब ले आयाेजना गरेको गाउँस्तरीय अन्डर–१५ फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा मुग्लिन एएफसी फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै मुग्लिन एएफसीले प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो। अब उसले फाइनल खेल खेल्ने पक्का भएको छ।
यस्तै, दोस्रो सेमिफाइनल खेल भोलि आइतबार हुने आयोजकले जनाएको छ। उक्त खेलमा नवसर्जक युवा क्लब र देवघाट युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ। यस खेलको विजेता टोलीले फाइनलमा पुगेर मुग्लिन एएफसीसँग उपाधिका लागि भिड्नेछ।

गाउँस्तरीय अन्डर–१५ फुटबल प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ। नवसर्जक युवा क्लबका कप्तान पासाङ गुरुङका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा रहेका युवा खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। फाइनल खेलप्रति खेलप्रेमीहरूको उत्साह बढ्दो देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page