मतदाता प्रति कृतज्ञता व्यक्त गर्दै रास्वपा उम्मेदवार श्रीराम न्यौपाने

मतदाता प्रति कृतज्ञता व्यक्त गर्दै रास्वपा उम्मेदवार श्रीराम न्यौपाने


तनहुँ — राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं. २ का उम्मेदवार इन्जिनियर श्रीराम न्यौपानेले मतदाता तथा समर्थकप्रति कृतज्ञता व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आफूलाई दिएको माया, विश्वास, भरोसा र मतका लागि सम्पूर्ण मतदातालाई मुरीमुरी धन्यवाद दिएका हुन्।
न्यौपानेले जनताले देखाएको विश्वासलाई ठूलो जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा त्यस विश्वासमा खरो उत्रने प्रतिबद्धता व्यक्त गरेका छन्।
“मतदाताले दिएको विश्वासलाई सम्मान गर्दै जनताको सेवा, विकास र पारदर्शिताका लागि निरन्तर काम गर्नेछु,” उनले सन्देशमा बताएका छन्।

उनले तनहुँको विकास र जनताको अपेक्षा पूरा गर्न सबैको साथ र सहयोग आवश्यक रहने पनि उल्लेख गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page