भिमादमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न

भिमादमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न

भिमाद । चैत्र १ गते विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा भिमाद नगरपालिकाको आयोजनामा एक दिने उपभोक्ता सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ ।
कार्यक्रममा टोलविकास संस्था, आमा समूह, जलउपभोक्ता संस्था, सहकारी संस्थाका प्रतिनिधि गरी ३३ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता भिमाद नगरपालिका उपप्रमुख शारदा खनाल तथा मुख्य अतिथि नगर प्रमुख दधिराज सुवेदी रहनुभएको थियो।
कार्यक्रम अन्तर्गत तनहुँ जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी ले उपभोक्ता संरक्षण ऐन, २०७५ का मुख्य प्रावधानहरूको व्याख्या गर्नुभएको थियो। त्यस्तै, कृषि प्रसार अधिकृत सुस्मिता गौतम ले कृषिजन्य उत्पादन र उपभोगमा उपभोक्ताले अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउनुभयो भने जनस्वास्थ्य अधिकृत सुनिता धरेल ले औषधिजन्य सामग्रीको बिक्री–वितरणमा उपभोक्ताले ध्यान दिनुपर्ने विषयमा जानकारी दिनुभएकाे थियो ।
कार्यक्रमको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन ले कार्यक्रमको उद्देश्य र महत्वमा प्रकाश पार्नुभयो। कार्यक्रममा व्यवस्थापन सहायक आलेप अधिकृत चिरन्जीवी सिग्देल ले सम्हाल्नुभएको थियो भने प्रशासकीय अधिकृत अजय सुवेदी ले उद्घोषकको भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले उपभोक्ता अधिकार र सचेतना सम्बन्धी जानकारी प्राप्त गर्दै कृषि उत्पादन, औषधि, र उपभोग्य वस्तुमा ध्यान दिनुपर्ने महत्व बुझ्न सक्ने अवसर पाएका थिए।


भिमाद नगरपालिकाले आगामी दिनमा पनि यस प्रकारका सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page