तनहुँका जेनजि युवा नेता सुजन रिमाल काठमाडौंमा सक्रिय, नवनियुक्त मन्त्रीसँग भेटघाट

तनहुँका जेनजि युवा नेता सुजन रिमाल काठमाडौंमा सक्रिय, नवनियुक्त मन्त्रीसँग भेटघाट


तनहुँबाट उदाएका जेनजि युवा नेता सुजन रिमाल यतिबेला काठमाडौंमा सक्रिय रूपमा देखिएका छन्। पछिल्लो राजनीतिक परिवर्तनसँगै उनी नवनिर्वाचित नेतृत्वसँग भेटघाट गर्दै बधाई तथा शुभकामना व्यक्त गर्न व्यस्त रहेका छन्।
सम्माननीय प्रधानमन्त्री बालेन्द्र साह को शपथ ग्रहण समारोहमा सहभागिता जनाएपछि रिमालले आफूलाई ऐतिहासिक क्षणको साक्षी बन्न पाएकोमा गर्व र खुशी लागेको बताएका छन्। उनले नयाँ ऊर्जा, सोच र प्रतिबद्धतासहित देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिएका छन्।
काठमाडौंमा रहेका क्रममा रिमालले विभिन्न राजनीतिक तथा प्रशासनिक व्यक्तित्वहरूसँग भेटघाट गर्दै नयाँ सरकारप्रति आशा व्यक्त गरेका छन्। उनले विशेषगरी युवाको सहभागिता बढाउने, रोजगारी सिर्जना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने तथा भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्नुपर्ने विषयमा जोड दिँदै आएका छन्।

उनका अनुसार जेनजि आन्दोलनले ल्याएको परिवर्तनलाई व्यवहारमा रूपान्तरण गर्न नेतृत्व अझ जिम्मेवार हुनुपर्ने आवश्यकता छ। साथै, उनले काठमाडौंमा भइरहेको आफ्नो सक्रियतालाई “देशको नयाँ सुरुवातसँगै सहकार्य र सकारात्मक दबाब सिर्जना गर्ने प्रयास” का रूपमा व्याख्या गरेका छन्।
तनहुँका युवा पुस्ताबाट राष्ट्रिय राजनीतिमा देखिएको यस्तो सक्रियताले आगामी दिनमा युवाको भूमिका अझ प्रभावकारी र सशक्त बन्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page