दमौलीमा “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” सुरु, आज एलिना चौहानको प्रस्तुति

दमौली, तनहुँ — दमौलीमा आयोजना गरिएको “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव”मा आजबाट राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू आउन सुरु भएको छ। व्यास नगरपालिका–४ स्थित सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा सञ्चालन भइरहेको महोत्सवको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले शुक्रबार गरेका थिए ।
टाइगर ल्याण्ड युवा क्लवको आयोजनामा सुरु भएको यो महोत्सव बैशाख ८ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवलाई सबै उमेर समूहका दर्शकका लागि आकर्षक बनाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको छ। बालबालिकाका लागि बालउद्यान, रोटेपिङ, डुंगा (नाउ) तथा ड्रागन खेल जस्ता आकर्षणहरू राखिएका छन्।
महोत्सवमा आज चर्चित गायिका एलिना चौहान मुख्य आकर्षणका रूपमा प्रस्तुत हुँदैछिन्। साथै लोक दोहोरी गायक राजन कार्की, गायिका सावित्री हड्खले, गायक आरसी गैली लगायतका कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सव अवधिभर सस्तो बजार पनि सञ्चालन हुने जनाइएको छ, जसले स्थानीय उत्पादनको प्रवर्द्धन र व्यापार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


























