डुम्रे बजारमा दुई दिन सघन अनुगमन: ५० हजार बढीका अखाद्य सामग्री नष्ट

डुम्रे बजारमा दुई दिन सघन अनुगमन: ५० हजार बढीका अखाद्य सामग्री नष्ट

— तनहुँको बन्दिपुर गाउँपालिका–१ अन्तर्गत डुम्रे बजार क्षेत्रमा बिहीबार र शुक्रबार सघन बजार अनुगमन सम्पन्न भएको छ। अनुगमनका क्रममा दुई दिनमा जम्मा ११८ वटा पसल व्यवसायको निरीक्षण गरिएको छ।
हिजो ४९ र आज ६९ वटा पसल अनुगमन गर्दा अन्दाजी रु ५०,६५० बराबरका म्याद नाघेका, खान अयोग्य तथा अवैध खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ। आज मात्रै रु २१,५७५ बराबरका सामग्री नष्ट गरिएको खाद्य डिभिजन प्रमुख ज्याेती आचार्यले बताए ।
अनुगमनका क्रममा १९ वटा व्यवसायलाई दर्ता प्रक्रियामा आउन ७ दिनको समय दिइएको छ भने अधिकांश व्यवसायलाई सरसफाइ सुधार गरी खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न निर्देशन दिइएको छ। बन्दीपुर गापा उपाध्यक्ष पञ्चमाया गुरुङका अनुसार अबका अनुगमनमा कैफियत देखिएमा शून्य सहनशीलताको नीति अपनाइनेछ।
त्यसैगरी, TPM भ्यालु २५ नाघेका तथा पटक–पटक प्रयोग गरिएको करिब २० लिटर अखाद्य तेल समेत नष्ट गरिएको छ। पटक–पटकको निर्देशन अटेर गर्ने एक खाजा घरलाई पालिकाले रु ५,००० जरिवाना समेत गरेको छ।

स्थानीय तहले बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page