तनहुँमा बस दुर्घटना : २७ जना घाइते,केही गम्भीर , २१ जना पोखरा रिफर

तनहुँमा बस दुर्घटना : २७ जना घाइते,केही गम्भीर , २१ जना पोखरा रिफर


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारस्थित पृथ्वी राजमार्ग मा बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ । बैशाख ११ गते दिउँसो करिब ३:५५ बजे पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल झर्दा दुर्घटना भएको हो। बस पृथ्वी समिति अन्तर्गत सञ्चालनमा रहेको बताइएको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ तनहुँका प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीको टोली घटनास्थलमा खटिएर घाइतेहरूको उद्धार गरेको थियो। सबै घाइतेलाई तत्काल जिपी अस्पताल मा लगिएकोमा प्रारम्भिक उपचारपछि २१ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित २७ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार बस अत्यधिक गति र माेटरसाइकलले अल्झाउदाका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page