जन्मदिनको अवसरमा पशुपति फर्निचरमा चिट्ठा उपहार, ग्राहकको भीड
दमौली — व्यास नगरपालिका–२ मेनचोकस्थित पशुपति फर्निचर तथा फर्निसिङ सेन्टरका प्रोप्राइटर युवा व्यवसायी आशिष श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विशेष चिट्ठा कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रमअन्तर्गत सामान्यतया २५/३० हजार रुपैयाँ पर्ने डबल बेडलाई ७ हजार रुपैयाँमै तथा १५ हजार रुपैयाँ पर्ने दराजलाई ५ हजार रुपैयाँमै उपहारस्वरूप वितरण गरिएको थियो।
चिट्ठा मार्फत व्यास–४ की मन्जु मियाँले ५ हजार रुपैयाँमा दराज जितेकी छन् भने बिष्णु थापा मगरले डबल बेड प्राप्त गरेका छन्।

उक्त कार्यक्रम व्यास–४ का वडा सदस्य सरोज भण्डारीको उपस्थितिमा सम्पन्न भएको थियो। जन्मदिनको अवसरमा आयोजना गरिएको चिट्ठा कार्यक्रममा ग्राहकहरूको अत्याधिक भीड देखिएको थियो।


























