व्यास २ मा महिलाका लागि नेतृत्व विकास तथा डिजिटल साक्षरता तालिम सुरु

व्यास २ मा महिलाका लागि नेतृत्व विकास तथा डिजिटल साक्षरता तालिम सुरु


व्यास नगरपालिका–२ अन्तर्गत रहेका विभिन्न टोल विकास संस्थाका महिलाहरूका लागि नेतृत्व विकास, भाषणकला, क्षमता अभिवृद्धि तथा डिजिटल साक्षरतासम्बन्धी दुईदिने तालिम आजदेखि सुरु भएको छ।
परिवर्तनका लागि मिडियाको आयोजनामा सञ्चालन भएको तालिमको उद्घाटन व्यास नगरपालिका–२ का वडा अध्यक्ष काशीराम श्रेष्ठले गर्नुभएको हो। कार्यक्रममा वडा सदस्य रफत साना मियाँ, सबिता रसाइली र जगतबहादुर बानियाँ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले मोबाइल फोनको सही प्रयोगको महत्वबारे प्रकाश पार्दै “मोबाइलमा संसार समेटिएको छ, तर यसको सुरक्षित र सही प्रयोग गर्न जान्नुपर्छ” भन्नुभयो। कार्यक्रममा वडा सदस्य सबिता रसाइलीले सामाजिक सञ्जाल र मोबाइल प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने तथा अनलाइन ठगीबाट जोगिने उपायबारे जानकारी दिनुभयो। यस्तै वडा सदस्य जगतबहादुर बानियाँ र रफत साना मियाँले पनि तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
पत्रकार विकास खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सबिता रसाइलीले राख्नुभएको थियो।

तालिममा मोबाइल फोनको प्रभावकारी प्रयोग, अनलाइन सेवाको उपयोग, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, नेतृत्व विकास, भाषणकला तथा क्षमता अभिवृद्धिसम्बन्धी विषय समेटिएका छन्। तालिममा मुख्य प्रशिक्षक पूर्ण विके रहनुभएको छ।
महिलाहरूको उल्लेख्य सहभागिता रहेको उक्त तालिम आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने परिवर्तनका लागि मिडियाका सञ्चालक एवम् मुख्य प्रशिक्षक पुर्ण विकेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page